सर्लाही, साउन – २८, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सर्लाहीले नयाँ नेतृत्व चयन गरिएको छ।

नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहको प्रमुख आतिथ्यता लालबन्दीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट इन्द्र योन्जन अध्यक्षमा चयन भएका हुन ।


नेपाली कांग्रेस नगर समितिको कार्यालयमा आयोजित अधिवेशनले २२ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको छ ।

नवगठित जिल्ला समितिका अन्य पदाधिकारीहरूमा तेजनारायण चौधरी उपाध्यक्ष र गणेश श्रेष्ठ सचिव लगायत अन्य सदस्यहरू छन्। जिल्ला अधिवेशनमा पूर्व राज्य मन्त्री शम्भुलाल श्रेष्ठको विशिष्ठ आतिथ्यतामा रहेको थियो। अधिवेशनमा नेपाली कांग्रेसका प्रदेश ,जिल्ला र नगर स्तरका नेताकार्यकर्ताकाे उपस्थिति रहेको थियोे ।