![]()
मनोज यादव/ सर्लाही
साउन -१६, जिल्लाकाे चक्रघट्टा गाउँपालिका महिला र बाल हिंसा अन्त्यका लागि निर्देशिका पारित गर्ने पहिलो पालिका बनेको छ ।
जिल्लामै पहिलो पटक महिला तथा बालबालिका विरुद्ध हुने हिंसा सम्बोधनका लागि प्रेषण प्रणाली सम्बन्धी कार्यविधि, २०८२ लागू गरि उनीहरू विरुद्ध हुने हिंसालाई अन्त्य गर्ने पहिलो पालिका बनेको हाे ।
![]()
महिला र बालबालिका हिंसाको समस्यालाई गम्भीर रूपमा लिने र पीडितले सहजै सेवा र न्याय पाउन सक्ने वातावरण बनाउने उद्देश्यले शुक्रवार सदरमुकाम मलंगवा स्थित होटल सुजातामा एकदिवसीय कार्यक्रमको आयोजना गरि यो निर्देशिका प्रमाणीकरण गरिएको सामाजिक विकास केन्द्र नेपालका कार्यकारी निर्देशक बिरेन्द्र गुप्ताले जानकारी दिए।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवको अध्यक्षता, जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्य तथा सर्लाही जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको विशिष्ट आतिथ्य रहेको थियो।
सामाजिक विकास केन्द्र नेपालका अध्यक्ष खुश्बु कुमारी कुशवाहाका अनुसार यस निर्देशिकाले घरेलु हिंसा, यौनजन्य हिंसा, मानसिक यातना, बालविवाह, साइबर अपराध, बोक्सी आरोप, बालश्रम लगायतका घटनामा कमि ल्याउनुका साथै मनोसामाजिक सहयोग ,सुरक्षित आवास, औषधी उपचार सहयोग ,कानुनी सहायता,सीपमूलक तालिम र जिविकोपार्जनका लागि सहयोग ,शैक्षिक सहयोग ,मेलमिलाप सेवालगायत अन्य आवश्यक सहयोगहरु उपलब्ध गराइने छ।

कार्यक्रममा जिल्ला न्यायाधीश रेग्मीले कानुन निर्माण गर्दा “कसरी लेखिएको हो, कसले कार्यान्वयन गर्छ, र कसका लागि लेखिएको हो” भन्ने तीन कुरा विशेष ध्यान दिनुपर्ने बताए।
गाउँपालिका उपाध्यक्ष मीना यादव, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुरेश दास, प्रहरी निरीक्षक बालिस्टर सिंह, महिला अधिकारकर्मी सुनिता साह,वडा न-१ देखि वडा न-९ का अध्यक्षहरु,विभिन्न शाखाका प्रमुखहरु, सामाजिक विकास केन्द्र नेपालका कार्यक्रम अधिकृत हरिचन्द्र प्रसाद कुशवाहा,विभिन्न माध्यमिक विद्यालयका शिक्षिका,छात्रा र सञ्चारकर्मीको उपस्थिति थियो।

चक्रघट्टा गाउँपालिकाको आयोजना तथा PANAV, FWLD र सामाजिक विकास केन्द्र नेपालको सहकार्यमा आयोजित कार्यक्रममा विकास केन्द्रका चन्दन कर्णले सहजिकरण गरेका थिए।
चक्रघट्टा गाउँपालिका अब जिल्लामा निर्देशिका पारित गरेर हिंसा विरुद्ध सशक्त रूपमा उभिने पहिलो स्थानीय तह बनेको छ।









