सर्लाही, साउन ६ – नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री महामानव बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा सर्लाही जिल्लाभर विभिन्न कार्यक्रम गरी श्रद्धाञ्जली अर्पण गरिएको छ।
नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर -४  बसबरीया गाउँपालिकाले  भवानीपुरस्थित पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।


गाउँपालिका सभापति लालबाबु महतोको सभापतित्व  तथा नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवम् संगठन विभाग प्रमुख , पूर्वमन्त्री  बीरेन्द्र प्रसाद सिंहकाे प्रमुख आतिथ्यतामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हाे।


कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष राम अयोध्या यादव, महा समिति सदस्य राम बाबु राय, युवा नेता गजेन्द्र साहकाे विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा स्थानिय जनप्रतिनिधि, पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


यसै अवसरमा नेपाली कांग्रेससँग आबद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले लालबन्दी-७ स्थित रामजानकी राधाकृष्ण वैदिक गुरूकुलममा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

नेविसंघ जनज्योति बहुमुखी क्याम्प इकाईका सभापति सफल अधिकारीकाे सभाध्यक्षता तथा लालबन्दी नगर प्रमुख वासुदेव अधिकारीकाे प्रमुख आतिथ्यतामा करिब दश हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री, जुस तथा पिउने पानी विद्यार्थीहरूलाई वितरण गरिएको हो।

कार्यक्रममा नेपाली कांग्रेस मधेस प्रदेश सदस्य रामबाबु साह,जिल्ला सह-सचिव इन्द्र याेन्जन,महाधिवेशन प्रतिनिधि सुरेन्द्र कुमार न्याैपाने,नगर सभापति प्रशान्त आचार्य ,कांग्रेस नेता कुबेर आचार्य ,बिबुसिंह थापा,सहदेव केसी ,उदय पाख्रिन,गाेपाल कार्की ,विनोद तिमल्सिना तथा विद्यार्थी नेताहरूकाे उपस्थिति रहेको थियो ।
सर्लाहीमा बीपीको योगदानलाई स्मरण गर्दै नेपाली कांग्रेससँग आबद्ध अन्य जिल्लास्तरीय संघसंस्थाहरूले पनि  विविध कार्यक्रमहरू आयोजना गरी स्मृति दिवस मनाएका छन्।