मलंगवा ,असार -२५, बरहथवा नगरपालिका- ५ का पशु प्राविधिक श्यामबाबु साहलाई जिल्ला पशु सेवा विज्ञ केन्द्र भेटेरिनरी अस्पताल मलंगवा सर्लाहीले मंगलवार  सम्मान गरेको छ।


कृत्रिम गर्भाधान विधिबाट पशु गर्वधान गराई किसानलाई आर्थिक तथा पशुपालन प्रति आकर्षण गराएको भन्दै भेटेरिनरी अस्पताल मलंगवा सर्लाहीले सम्मान गरेको हो।

पशु प्रविधिक साहले पछिल्लो समय नयाँ प्रविधिबाट भौंसी ,गाई , बाख्राको सफल कृत्रिम गर्वधारण गराउदै आएका छन् ।


परम्परागत पशु पालनबाट भन्दा वैज्ञानिक प्रविधिबाट पशु पालन गर्दा फाइदा हुने भएकाले कृत्रिम गर्भधारण गराई पशुपालन गर्न प्राविधिक साहले किसानलाई सुझाव दिएका छन्।