
बलरा, असार -४,नेपाल भारत विकास मञ्चको आयोजनामा सर्लाहीको बलरा नगरपालिका–१, हथिऔलामा निःशुल्क स्वास्थ्य शिविर तथा झुल वितरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमका जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंहकाे प्रमुख आतिथ्यता तथा मधेश प्रदेश दलित विकास समितिका उपाध्यक्ष राम प्रवेश बैठा र नेपाली कांग्रेस सर्लाहीका उपसभापति डा. सरोज कुमार,नागरिक समाजका महासचिव शिवचन्द्र चाैधरी लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।

स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श प्रदान गर्नुकासाथै नागरिकलाई निःशुल्क औषधि वितरण र लामखुट्टेबाट बच्न झुल वितरणसमेत गरिएको आयाेकले नेपाल भारत विकास मञ्चले जनाएको छ।

कार्यक्रमले स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुर्याएको भन्दै जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह लगायतका वक्ताहरूले नेपाल भारत विकास मञ्चलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमले समुदायको स्वास्थ्य सुदृढीकरणमा योगदान पुग्ने आयोजक संस्थाकाे विश्वास छ ।









