![]()
सर्लाही,जेठ – २०, जिल्लाको ईश्वपुर नगरपालिका -५ फुलजोर चोकमामा टिपरको ठक्करबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरी जवान मिन बहादुर दानीकाे मृत्युु भएको छ ।
मंगलवार दिउँसो लालबन्दीबाट पुर्व तर्फ जादै गरेको ना १ क ८५२० नम्बरको टिपरले दक्षिण बयलबासबाट उत्तर हाईवय तर्फ निस्कने क्रममा BR 01 FJ 6961 नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक दानी गम्भीर घाइते भएका थिए ।

यश अघि उनको स्थानीय ठेगान खुल्न सकेको थिएन । प्रहरीका अनुसार उनी बाजुरा बडीमालिका नगरपालिका -६ घर भई (संकेत नम्बर C-00155550, कम्प्युटर कोड नं. 488284) सशस्त्र प्रहरी गण नं. १ गुल्म नं. २ नक्साल दरबन्दी भएका सशस्त्र प्रहरी जवान हुन ।
उनी हाल सर्लाही मलंगवा नगरपालिका – ३ बस्ने मुस्लिम आयोगका सदस्य मोहम्द सम्सुल हकको व्यक्तिगत सुरक्षामा खटिएको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।

टिपरकाे ठक्करबाट दानीको टाउको, शरीरमा गम्भीर चोट लागेकाे थियो । उनलाई लालबन्दी स्थित माेडेल अस्पतालमा प्रारम्भिक उपचार पछि दिउँसो पाैने ३ बजेको समयमा थप उपचारको लागि वीरगंज स्थित नेशनल मेडिकल कलेज वीरंगज पठाईएकोमा LS न्यूरो अस्पताल बारामा लगी उपचार हुदै गर्दा साँझ ५ :२० बजेको समयमा मृत्यु भएको, लाश सोही अस्पतालमा रहेको प्रहरी जनाएको छ ।

ठक्कर दिने टिपर चालक लालबन्दी -१७ रानशिगंजका ३६ वर्षीय नारायण दत श्रेष्ठ प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय मलंगवाले जनाएको छ ।









