![]()
सर्लाही, जेठ-२०,जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर ५ चिरान टोलमा आगलागी हुँदा दुई लाख बढीकाे क्षति भएको छ। स्थानीय नईम खाँ पठानको भैसी गोठमा मंगलवार बिहान घुरको आगोबाट अचानक आगलागी भएको थियो ।

घटनामा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ भने गोठमा रहेको भैसीलाई खुवाउने ब्रान, भाँडाकुँडा, भिस तथा टिकको काठसमेत जलेर नष्ट भएका छन्।
गोठभित्र रहेका एक भैसी र एक पाडी आगोमा परी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। आगलागीबाट दुई लाख चौब्बिस हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाहरूले आगो देखेपछि अन्दाजी ५:०० बजे तिर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।










