मनाेज बख्रेल/लालबन्दी
बैशाख -३१, सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामिण नारी उत्थान संघ हरिपुरद्वारा संचालित सीइएफएम  परियोजना अन्तर्गत आज   नगर स्तरिय मुसहर महिला शसक्तिकरण सञ्जाल हरिपुर -२ सर्लाहीले स्थानीय किशोर किशोरीको सम्मिलित सचेतनामुलक साइकल र्‍याली निकालेको छ ।
हरिपुर नगरपालिका वडा नम्बर – ८ का वडा अध्यक्ष तथा वडास्तरीय वालअधिकार समितिका अध्यक्ष हरी  बहादुर थापाको अध्यक्षता र नगर स्तरिय मुसहर महिला शसक्तिकरण सञ्जालकी अध्यक्ष लक्ष्मी पासवान को सहजीकरणमा बाल बिवाह बिरुद्ध सचेतना मुलक साइकल र्‍याली निकालिएको हो।

हरिपुर वडा नम्बर -८ जुटपानीबाट सुरु भएको र्‍याली सोहि वडाको धोवीटोल,ईन्द्रपुर, डाडाँटोल,जगतपुर हुँदै धोवी टोलको ब्रहमथानमा पुगी कोण सभाका गरि   सामुहिक पतिबद्धता सामुहिक हस्ताक्षरसहित समापन गरिएको छ ।
सम्पन्न र्‍यालीमा  ६४ जना किशोर किशोरीहरुले  साइकलमा “बालबिबाह रोकथाम गरौँ ,बालविवाह मुक्त नगर घोषणा गरौँ , सानै छु म बढ्न देउ , बिबाह होइन पढ्न देउ , बालविबाह जीवन तवाह ” लगायतका प्लेकार्ड बोकी लगभ १५ किलोमिटर सचेतनामुलक साइकल  यात्रा सम्पन्न गरेका छन् ।


बाल बिवाह अन्त्यको लागि खबरदारी तथा बाल बिवाह मुक्त वडा तथा नगरपालिकार  घोषणको माग गर्दै गरिएको साइकल र्‍यालीमा परियोजनाकी संयोजक सिर्जना बस्नेत, स्थानीय प्रहरी , स्थानीय किशोर अगुवा , समाजसेवी तथा सामाजिक प्रज्वलकहरुको उल्लेख्य सहभागिता रहेको ग्रामिण नारी उत्थान  संघका उपाध्यक्ष बिष्णुप्रसाद चालिसेले जानकारी दिए ।
सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा  ग्रामिण नारी उत्थान संघ हरिपुर -२ , मार्फत बालबिवाह ,कम उमेरमा हुने बिवाह र जबरर्जस्ती रुपमा हुने बिवाह अन्त्यको लागि   सर्लाहीका  हरिपुर र ईश्वरपुर नगरपालिकामा बिभिन्न अभियानहरु सञ्चालन गरिदै आएको छ ।ग्रामीण नारी उत्थान संघ र सेभ द चिल्डेनको साझेदारीमा  सञ्चालित Child Early Forced Marriage (CEFM )(सीइएफएम )परियोजना अन्तर्गत  हरिपुर नगरपालिकामा दुइ र   ईश्वरपुर नगरपालिकामा तीन वटा स्थानीय समुदायमा आधारित  संस्थाहरुसँग सहकार्य गरी  समुदायमा बाल बिवाह बिरुद्ध सचेतना अभियान सञ्चालन हुँदै आएको परियोजना संयोजक बस्नेतले जानकारी दिइन् ।
वैज्ञानिक अनुसन्धान र कानुनी आधारमा विवाहयोग्य उमेर २० वर्षभन्दा तल बिबाह गर्न गराउन नहुनेमा सहभागी सबैले बिशेष जोड दिएका छन्  ।  बदलिदो परिवेशमा हरेक  किशोर किशोरीहरुलाई बाल बिवाहको सम्भावित जोखिमबाट जोगाउन र बाल बिवाह बिरुद्द खुलेर वहस पैरवी गर्नका  लागि  सक्षम बनाउने उदेश्यले र्‍यालीकाे आयोजना गरिएको नगर स्तरिय मुसहर महिला सशक्तीकरण सञ्जालकि  अध्यक्ष लक्ष्मी पासवानले जानकारी दिइन् ।


ग्रामिण नारी उत्थान संघ र  सेभ द चिल्ड्रेनको साझेदारी अन्तर्गतका विविध  परियोजनाहरु मार्फत  बालबालिकाको हक हित संरक्षण , गुणस्तरीय  शिक्षा, पोषण आदि क्षेत्रमा लामो समय देखि बिभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।
स्थानीय साझेदार संस्थाको संस्थागत बिकास तथा सामाजको प्रमुख चुनौतीको रुपमा रहेको बाल बिवाह अन्त्यको  लागि रचनात्मक र पृथक अभियानहरु आवश्यक भएकाले यस सँग सम्बन्धित बिभिन्न कार्यक्रम र अभियानहरु संचालन गर्दै आएको CEFM  परियोजनाका फोकल पर्सन समेत रहेका संस्थाका सचिव सुर्य प्रसाद चालिसेले जानकारी दिए।
र्‍याली पछि आयोजित कोण सभा र संयुक्त प्रतिबद्धता सभामा बोल्दै वडा अध्यक्ष हरी बहादुर थापाले वडा भित्र पूर्ण रुपमा बालविवाह अन्त्य गरी उन्नत र सचेत वडा निर्माणका लागि हर तरहले कृयाशील रहने प्रतिबद्धता व्यक्त गरे ।