सर्लाही,वैशाख -३१,अढाई  दशक बढी  समयदेखि पत्रकारितामा क्रियाशील राैतहटका पत्रकार  फणिदेव महतको गएराति निधन भएको छ। पत्रपत्रिका,अनलाइन र रेडियो पत्रकारितामा निरन्तर क्रियाशील  महत ब्रेन ट्युमरका कारण मृत्यु  भएको हाे ।
उनलेे लामो समयदेखि नेपाल र भारतका अस्पतालहरूमा ब्रेन ट्युमरकाे उपचार गराइरहेका थिए ।

४८ वर्षीय स्वर्गीय  पत्रकार महत अन्नपूर्णपोसष्ट दैनिकका रौतहट सम्वाददाता, रेडियो सुप्रिमका सञ्चालक र कलमपाटी डटकमका संस्थापक हुन । उनी प्रेस चौतारी नेपालकाे मधेश प्रदेश अध्यक्ष भएका थिए।
खोज पत्रकारिता मार्फ  दलित र विपन्न समुदायका समस्या उठाउन गरि समस्या समाधानका लागि सम्बन्धित निकायलाई  सुझाउने  महतको निधनको खबर पछि  सञ्चारकर्मीहरू शोकमा डुबेको छन् ।


नेपाल पत्रकार महासंघ रौतहट शाखाले शाेक विज्ञप्ति जारी गर्दै दुः व्यक्त गरेको छ ।  अध्यक्ष सञ्जयकुमार कार्कीद्वारा जारी शाेक विज्ञप्तिमा  महतको निधनले  देशकै पत्रकारिताका लागि अपूरणीय क्षति भएको उल्लेख छ।


पत्रकार महतको पार्थिव शरीरलाई बुधवार ( आज) दिउँसो १२ बजे श्रद्धाञ्जी पछि   राैतहटकाे बागमतीमा  दाहसंस्कार गरिने पारिवारिक स्राेतले जनाएको छ ।
पत्रकार महतको आत्माले शान्ति पाओस्  भावपूर्ण श्रद्धाञ्जली (चियाेचर्चाे खबर ) परिवार ।