लालबन्दी, बैशाख -२८,लालबन्दी नगर वाङ्‌मय परिषद्को दोस्रो अधिवेशन जेठ १० गते शनिवार लालबन्दीमा गरिने भएको छ। परिषद्को आइतवार  बसेको बैठकले अधिवेशनका लागि उक्त मिति तय गरेको हो।


परिषद्को नयाँ कार्य समिति चयन गर्नका लागि  ‘शिक्षकको काठमाडौँ केन्द्रित २९ दिने सडक आन्दोलन’ तथा लालबन्दी नगरपालिकाभित्रको ‘शिक्षकको दरबन्दी मिलान, सरुवा तथा व्यवस्थापन’का कारण लालबन्दी नगर वाङ्‌मय परिषद्लाई प्रत्यक्ष तथा परोक्ष रूपमा असर पर्न गएका कारण समयमा अधिवेशन हुन नसकेको परिषद्का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिए।


आसन्‍न परिषद्को दोस्रो अधिवेशनले नयाँ पदाधिकारीसहितको कार्य समिति चयन गर्ने छ । परिषद्को वर्तमान कार्य समितिको पदावधि वि.सं. २०८१ चैत्र १४ गते सकिएको थियो।


लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा, साहित्य, कला, संस्कृतिको संरक्षणका लागि वि.सं.२०७७ चैत्र १४ गते ‘लालबन्दी नगर वाङ्‌मय परिषद् ऐन, २०७७’ बमोजिम स्थापित एकेडेमिक संस्था हो।