लालबन्दी,वैशाख -६,सर्लाहीको लालबन्दीमा रुपान्तरण जीवन उपयोगी सीप तथा सुरक्षात्मक  सम्बन्धि समिक्षात्मक  तालिम सम्पन्न भएको छ। वर्ल्ड भिजन इन्टरनेशनलको सहकार्य तथा बागमती सेवा समाज नेपालको आयोजनामा तीन दिने तालिम सम्पन्न भएको हो ।


तीन  गतेबाट सुरु भएको तालिममा रुपान्तरण जीवन उपयोगी सीप तथा सुरक्षात्मक लगायतको विषय बस्तुमा छलफल भएको आयोजकले जनाएको छ ।
तालिममा पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकाका किशोर किशोरीको सहभागिता रहेका थिए ।
हरिपुर्वा नगरपालिकाका प्रशासकीय अधिकृत कुमार परियारले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई सिकेको कुरा परिवारबाट नै सुरु गरि व्यवहारमा लागु गर्न सुझाव दिए ।


हरिपुर्वा नगरपालिका का  विपि कुमार महराले रुपान्तरण कक्षाले कसरी पैरवी प्रकृया अघि बढाउने भन्ने विषयमा आफुहरुले गहण रुपमा सिकेको र यसलाई व्यवहारमा लागु गर्ने बताए ।
रुपान्तरण कक्षाका साथी सहजकर्ता कुन्ती कुमारी पंडितले महिनावारी चक्र, गेमको माध्यमबाट सिकाइ लगायत विभिन्न विषयमा तालिम प्राप्त गरेको बताइन् ।

पर्सा गाउँपालिका  का  रुपान्तरण सहजकर्ता मोहम्मद साविर  साफिदले रुपान्तरण तालिममा किशोर किशोरीको लागि अति उपयोगी भएको बताए । उनले यो तालिमले आफ्नो दैनिक व्यवहार परिवर्तन गरेको बताए ।