
सर्लाही,वैशाख-४, नेपालमा प्रतिबन्धित २ सय ४४ किलो लागू औषध गाँजा सहित एक युवकलाई लालबन्दी प्रहरीले पक्राउ परेका छन ।
गए राति मरिनबाट लालबन्दी तर्फ लागू औषध गाँजा ओसार पसार भईरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त परिमाणमा गाँजा बरामद गरेको हाे ।

प्रहरीले लालबन्दी नगरपालिका वडा नं.१३ पत्थरकोट चोकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा मरिनबाट लालबन्दी तर्फ आउदै गरेको बा २० च १७८२ नं.को बोलेरो पिकअप गाडीमा धानको भुसको बोरा मुनी लुकाइ छिपाइ राखेको अवस्थामा रातो प्लाष्टिकमा प्याक गरी राखेको ४५ पोका लागु औषध गाँजा नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले बोलेरो चालक लालबन्दी नगरपालिका वडा नम्बर -१ नवलपुरका अन्दाजी २५ वर्षीय सुशिल चौधरीलाई नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय लालबन्दीमा राखेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए ।










