
जनकपुर ,वैशाख -४, बालयौन दुर्ववहार मुद्दामा सर्लाही जिल्ला अदालतबाट दोषी ठहर भएका तपसी रामबहादुर बम्जनले सफाइ पाएका छन् ।
उच्च अदालत जनकपुरका रजिस्टार सुशिल यादवका अनुसार गएको चैत ६ गते नै मुद्दाको फैसला सुनाइएका थियो । उक्त फैसलाको पुर्णपाठ बिहीवार(आज) सार्वजनिक गरिएको हाे ।

उच्च अदालत जनकपुरको न्यायधिशद्धय नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले उनलाई सफाइ दिएको थियो ।
यसअघि उनलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।

२०७७ असार १८ गते सर्लाही जिल्ला अदालतमा दर्ता भएको मुद्दामा २०८१ असार १७ गते फैसला सुनाउँदै अभियोजनपत्रमा उल्लेख व्यहोराको आंशिक दाबी पुगेको फैसला गरेकाे थियो ।

त्यसपछि उक्त फैसलामा असन्तुष्टि जनाउँदै बम्जन २०८१ असोज ४ गते उच्च अदालतमा पुनरावेदन पुगेका थिए ।









