![]()
सर्लाही,वैशाख -३,जिल्लाको बरहथवा बजारमा रहेको एक हस्पिटलका सञ्चालकले बिरामी र उनका आफन्तलाई निर्घात रुपमा कुटपिट गरेको पिडित परिवारले आरोप लगाएका छन् ।

बरहथवा नगरपालिका–६ हजरिया रोडमा सञ्चालनमा रहेको सर्लाही गोल्डेन हस्पिटलका सञ्चालक दिपेश यादवले बीलको विषयमा विवाद भएपछि बिरामी र उनका आफन्तलाई कुटपिट गरेको पारिवारिक स्राेतकाे दाबी छ ।
सिसाले हात काटिएपछि मंगलवार साँझ सर्लाही गोल्डेन हस्पिटलमा उपचार गराउन पुगेका बरहथवा–६ का रामप्रवेश साह गुप्तालाई हस्पिटलले १८ हजारको बिल थमायपछि विवाद भएको थियो ।

बिरामीको दाई महेन्द्र साह रौनियारका अनुसार उपचारपछि बील माँग्दा १८ हजारकाे सामान्य कागजमा बिल बनाएर हस्पिटलले दिएको थियो । यसरी हस्पिटलले बील नदिएर कापीमा टिपोट गरेर देखाएपछि रौनियारले मोबाईलले फोटो खिच्न खोज्दा हस्पिटल सञ्चालक कुटपिटमा उत्रिएका पारिवारिक स्रोतको दावी छ ।

बिलकाे विषयमा विवाद भएपछि हस्पिटल सञ्चालक यादवले फोन गरी बाहिरबाटसमेत मानिसहरुलाई बोलाई आफुहरुमाथि रड र हेल्मेटले प्रहार गरेको बिरामीको दाई महेन्द्रले बताए ।
हस्पिटल सञ्चालक यादव र उसले बोलाएको मानिसहरुले आफु आफ्नोभाई, आमा, बहिनी र भान्जिलाई कुटपिट गरेको रौनियारले बताए ।
स्राेतका अनुसार हस्पिटल संचालक दिपेश यादवले यसअघि पनि क्यौ बिरामीसंग धेरै पैसा लिइने नदिशए कुटपिट उत्रने गरेको उजुरी प्रशासन र बरहथवा नगरपालिका स्वास्थ्य शाखामा परको छ ।

आक्राेशित स्थानियले मंगलवार साँझ नारावाजी गरि सर्लाही गोल्डेन हस्पिटललाई घेराउसमेत गरेका थिए। त्यसपछि सञ्चालक दिपेश यादवलाई ईलाका प्रहरी कार्यालय बरहथवाको टोलीले पक्राउ गरिङ लगेको स्थानियले स्राेतले जनाएको छ।सञ्चालक यादवलाई प्रहरीले पक्राउ गरे पनि गए राति नै छोडेपछि पिडीत परिवार आक्राेशित भएका हुन ।
यश विषयमा ईलाका प्रहरी कार्यलय बरहथवाका डिएसपी गौतम थापासंग बुझ्दा घटना सामान्य भएको बताए । हस्पिटल सञ्चालक यादव विरामी भएकाले उनलाई छडनु परेको डिएसपी थापाले जानकारी दिए।









