सर्लाही,वैशाख -३,जिल्लाकाे कौडेना गाउँपालिका वडा नम्बर -४, मोतिपुरमा बुधवार बिहानै ७:३० बजेको समयमा स्थानीय पपु (साह) सोनारको भान्सा घरमा आगलागी हुँदा ४० हजार मुल्य बराबरको क्षति भएको छ।


खरको छानो र बाँसको टाटीबेरा भएको भान्सा घरमा भिषको पातले खाना पकाउने क्रममा आगलागी भएको ईलाका प्रहरी कार्यालय काैडेनाले जनाएको छ ।
आगलागीबाट घर भित्र रहेको साईकल २ थान, अन्नपात र भान्सा घरसमेत पुर्ण रुपमा जली नष्ट हुँदा अन्दाजी ४० हजार मूल्य बरारको क्षती क्षति भएको ईलाका प्रहरी कार्यालय काैडेनाले जनाएको छ ।
आगलागीबाट मानविय तथा चौपाया क्षति भने नभएको आगलागी एक घन्टापछि ८: ३० बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्लाकाे कविलासी नगरपालिका वडा नम्बर -४,हेमपुर स्थित कैलास रायको फुसको छानो भएको गोठमा आगलागी हुँदा ५० हजार मूल्य बराबरको क्षति भएको छ ।
आगलागीबाट मनविय क्षति नभएपनि अन्दाजी ४५ हजार मूल्य बराबरको २ वटा पाडी र अन्दाजी ५ जहार मूल्य बराबरको एउटा गाेठ गरि जम्मा ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


मच्छर धपाउन बालेको घुरबाट ओगो सल्की आगलगी हुँदा गोठ भित्र रहेको एउटा भैंसी र २ वटा पाडी मध्ये भैंसीको टाउको, पेटमा गरि २५% जलेको, १ वटा पाडीको ९०% जलेको र १ वटा पाडी जलि मृत्यु भएको, गोठ पुर्ण रुपमा जलि नष्ट भएको अस्थायी प्रहरी पोष्ट हेमपुर पचगछियाले जनाएको छ।