काठमाडौं,चैत-२०,कवाड व्यवसायी समाजले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसिया समक्ष ज्ञापनपत्र बुझाएका छन् ।
नेपाली कांग्रेस सर्लाहीका उपसभापति डाक्टर सराेजकुमासंग मन्त्री चौरसिया भेट्न पुगेका  उनीहरूले ज्ञापनपत्र बुझाउँदै,कवाड व्यवसायीको जीउधनको सुरक्षाको माग गर्दै, स्वतन्त्र रुपमा आफ्नो पेशा व्यवसाय गर्न पाउने हक सुरक्षित गरिदिन अनुरोध  गरेका हुन ।


कवाडी व्यवसायीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री चौरसियालाई बुझाइएको ज्ञापनपत्रमा  प्रचलित कानुन बमोजिम दर्ता भई आफूनो पेशा व्यवसाय गर्दै आएका कवाड व्यवसायी माथी काठमाडौं महानगरका प्रमुखबाट भईरहेका अराजक गतिविधिमा रोक लगाउन माग गरिएको छ ।


ज्ञापनपत्रमा  कवाडी व्यवसायीहरु नेपाल सरकारको प्रचलित कानून बमोजिम सम्बन्धित निकायको अनुमतिमा काठमाडौं महानगरपालिकाको विभिन्न वडाहरुमा कवाड व्यवसाय संचालन गर्दै आएकाे उल्लेख छ । कवाड व्यवसायीहरुले सरकारलाई तिर्नु पर्ने सम्पुर्ण करहरु तिर्दै आएकाे, व्यवसायमा एक लाख मानिस प्रतक्ष रोजगारमा आवद्ध रहेको,देशमा संचालीत उद्योगहरुलाई चाहिने कच्चा पदार्थ कवाड व्यवसायीले आपूर्ती गर्दै आएको र देशको व्यापार घाटा कम गर्न कवाड व्यवसायको भुमिका रहेकाे विज्ञप्तिमा उल्लेख छ।


वातावरणीय सरसफाईमा पनी ठुलो योगदान रहेको कवाडी व्यवसायीलाई महानगरपालिकाले विगत एक वर्ष देखि  व्यापक तोड फोड ,कवाड व्यवसायीका समान जफत र व्यवसायीलाई कुटपीट, गाली गलौज तथा अभद्र व्यवहार गरिरहेकाले यसमा राेक लगाईदिन कवाड व्यवसायी समाजका अध्यक्ष  राम केवल गुप्ताद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको  छ ।