सर्लाही , चैत -२०,जिल्लाकाे लालबन्दी स्थित थाेक कृषि बजार व्यवस्थापन समितिले भारतबाट आयात हुने तरकारीको बेचबिखनमा राेक लगाएको छ ।


भारतबाट आयातित भएका  तरकारीका व्यापक मात्रामा विषादी प्रयोग गरेको पाइएपछि बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको लालबन्दी थाेक तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष प्रमाेद थपलियाले चियाेचर्चाे खबरलाई  जानकारी दिए ।


उनका अनुसार बजार व्यवस्थापन समितिकाे चैत २ गते बसेकाे बैठकको निर्णय अनुसार विषादी युक्त तरकारीकाे बेचबिखनमा राेक लगाइएको हाे ।


बैठकले भारतबाट आयातित  तरकारी अबउप्रान्त थाेक बजारका कुनै पनि व्यापारीहरुले बेचबिखन  गर्न नपाउने,गरेको पाइएमा कार्वाही गर्ने  निर्णय गरिएको  थाेक तरकारी बजार व्यवस्थापक शम्भु प्रसाद घिमिरे जानकारी दिए ।


उनका अनुसार बैंठकले जिल्ला भित्रका कृषकहरुलेका लागि  कृषक परिचय पत्र जारी गरि बजार भित्र कारोबार गर्न दिने निर्णय गरिएको छ ।