सर्लाही,चैत-६, जिल्लाको हरिवनस्थित चतुर्भूजेश्वर बहुमुखी क्याम्पस र लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन् ।

हरिवनस्थित चतुर्भूजेश्वर बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेविसंघको संयुक्त प्यानलबाट सभापति पदका उम्मेदवार हिमाल घिमिरे र लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी केन्द्र निकट अखिल त्रान्तिकारी र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको संयुक्त प्यानलबाट अनेरास्ववियुका समिर सिंह सभापति पदमा निर्वाचित भएका हुन् ।

चतुर्भूजेश्वरमा घिमिरे ४४२ मत प्राप्त गरी बिजयी हुँदा उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीबाट सभापतिका उम्मेदवार अन्जिता भुजेलले २१३ मत प्राप्त गरिन् ।
त्यहाँ अन्य पदाधिकारी र सदस्यमा पनि अनेरास्ववियु र नेविसंघको पूरै प्यानल निर्वाचित भएको छ । क्याम्पसको स्ववियु सचिवमा रोहन उप्रेती ४०३ मत प्राप्त गरी निर्वाचित भएका छन् भने,उनका प्रतिस्पर्धी अभिषेक बानियाँले २४८ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा स्मृति श्रेष्ठ ४०९ मत प्राप्त गरी बिजयी हुँदा उनका प्रतिस्पर्धी सञ्जयकुमार महतोले २३४ मत प्राप्त गरेकी छन् ।यसैगरी सदस्यहरुमा श्यामजनक ठाकुर ४१०, पुण्यप्रसाद लुईटेल ४२१, अविना दाहाल ४१४, एलिसा सिंजाली ४१० र रितिस महर्जन ४०७ मत प्राप्त गरी निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।
स्ववियु निर्वाचनमा ८२८ जना मतदाता विद्यार्थीमध्ये ६६७ जना विद्यार्थी सहभागी भएर मतदान गरेका स्ववियु निर्वाचन अधिकृत डा. हरिलाल मैनालीले जानकारी दिए।
यता लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसकाे निर्वाचनमा सभापति निर्वाचित सिंह ४१० मत प्राप्त गर्दा,उनका निकटतम प्रतिस्पर्धी नेविसंघका अधिकारीले ३२५ मत प्राप्त गरे। स्ववियुको अन्य पदाधिकारी तथा सदस्यमध्ये एक जना सदस्यबाहेक सम्पूर्ण पदाधिकारी तथा सदस्यमा संयुक्त प्यानलका उम्मेदवार बिजयी भएका छन् ।

जनज्योतिमा स्ववियु सचिवमा संयुक्त प्यानलबाट रोशना पोखरेल (रोजिना) ४०० मत प्राप्त गरी बिजयी भएका छन् भने, उनका निकटतम प्रतिस्पर्धी नेविसंघका अरविन्द साहले ३२३ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा संयुक्त प्यानलबाट निकी कुमारी ३७३ मत प्राप्त गरी निर्वाचित हुदा उनकी प्रतिस्पर्धी रितिका चौधरीले ३४४ मत प्राप्त गरेकी हुन ।

यसैगरी स्ववियु सदस्यमा नेविसंघबाट एक मात्र उम्मेदवार प्रकृति कुमारीले ३६२ प्राप्त गरी बिजयी भएकी छन् । अन्य सदस्यहरुमा संयुक्त प्यानलबाट शान्तिकुमारी मण्डल ३६५, राहुलकुमार गुप्ता ३८८, असराना बेगम ३७९, सुनिलकुमार साह ३८२, सुमन घिमिरे ४०१, नवीनकुमार महतो ३८२ र रुपेशकुमार साह ३५६ मतसहित निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै समानुपातिकतर्फ अनेरास्ववियुले ३६०, नेविसंघले ३३१ र अनेरास्ववियूले ९ मत प्राप्त गरेका छन् भने दुई मत बदर भएको निर्वाचन अधिकृत शिवहरि नेपालले जानकारी दिए ।
उनका अनुसार स्ववियु निर्वाचन अन्तर्गत मंलवार भएको मतदानमा क्याम्पसको स्नातक र स्नाकोत्तर तहमा भर्ना भएका १ हजार ८४ विद्यार्थीमध्ये ७४७ जना विद्यार्थीले मतदान गरेका थिए ।









