सर्लाही,फागुन -६,सर्लाहीमा “वन डढेलो व्यवस्थापन जनचेतना सप्ताह २०८१” सुरु गरिएको छ । वन संरक्षणको महत्वबारे जनचेतना फैलाउदै, डढेलोबाट वनलाई जोगा उद्देश्यका साथ जनचेतना सप्ताह सुरू गरिएको हाे ।


हरेक वर्ष चैत १ देखि ७ गतेसम्म सञ्चालन हुनेछ वन डढेलो सप्ताह कार्यक्रम अन्तर्गत यस वर्ष पनि चैत १ गते देखिनै सब डिभिजन कार्यालयहरूमा वन डढेलो व्यवस्थापन लगायतका विविध कार्यक्रमहरू गरिएको डिभिजन वन प्रमुख झाले चियाेचर्चाे खबरलाई जानकारी दिए । चैत १ गतेबाट सुरू भएको जनचेतना सप्ताह चैत -७ गते सम्पन्न हुने छ ।


जनचेतना सप्ताहकाे छैठौं दिन आजकाे कार्यक्रममा सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, भैरवी दल गणका प्रमुख सेनानी सूर्य कार्की, सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गणका गणपति देव चन्द, सामुदायिक वनका प्रमुख तथा प्रतिनिधि, स्थानीय नागरिक तथा तीनवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा लालबन्दीमा प्रभातफेरी निकालेको थियो ।


प्रभातफेरीपछि सब डिभिजन वन कार्यालयमा आगलागी नियन्त्रणसम्बन्धी प्रयोगात्मक अभ्याससमेत प्रदर्शन गरिएको डिभिजन वन प्रमुख सन्तोष कुमार झाले जानकारी दिए ।
वनमा डढेलो लाग्न नदिन र लागेको खण्डमा तत्काल नियन्त्रण गर्न सर्वसाधारणलाई सचेत बनाउने सप्ताको उद्देश्य रहेको छ ।सप्ताहभर विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछन् । जस अन्तर्गत स्थानीय समुदायलाई वन डढेलोको जोखिम, नियन्त्रणका उपाय र तत्काल कदम चाल्ने विधिबारे जानकारी गराइने छ । यस वर्ष डिभिजन वन कार्यालयले वन डढेलो नियन्त्रणका लागि २ वटा पानी ट्याङ्की लगायतका उपकरण खरिद गरि सब डिभिजन स्तरमा डढेलो नियन्त्रण अभ्यास कार्यक्रम गरेको छ।


जनचेतना सप्ताह अन्तर्गत सब डिभिजन स्तरको वन डढेलो व्यवस्थापन सञ्जाल निर्माण गरिएको र जिल्ला स्तरको सञ्जाल पनि आजभोलिमै निर्माण गरि प्रभावकारी ढंगले अघि बढ्ने तयारी गरिएको प्रमुख झाले जानकारी दिए ।