सर्लाही,फागुन -२४,नेपाल कुशवाहा कल्याण समाज नगर कार्य समिति, लालबन्दी र कुशवाहा बुद्धिजिवी सेवा समाज, जिल्ला समन्वय समिति, सर्लाहीको अधिवेशन जिल्लाकाे लालबन्दीमा सम्पन्न भएको छ।


जिल्ला अध्यक्ष लक्ष्मण महतोको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष राकेश मेहताेकाे प्रमुख आतिथ्यतामा जिल्लाकाे लालबन्दी स्थित जानकी माध्यमिक विद्यालयकाे प्राङ्गणमा सम्पन्न भएको हाे ।


अधिवेशनमा केन्द्रीय बरिष्ठ उपाध्यक्ष उपेन्द्र कुशवाहाकाे विशिष्ट आतिथ्यता ,सचिव भरत महतो, कोषाध्यक्ष अरुण कुमार महतो, नगर समन्वय समिति, सर्लाहीका अध्यक्ष जितेन्द्र कुशवाहा, किस नेपालका अध्यक्ष नन्दु प्रसाद कुशवाहा, महासचिव पुण्य लाल महतो लगायत समाजको विभिन्न व्यक्तित्वहरुको आतिथ्यता रहेको नेपाल कुशवाहा कल्याण समाज नगर कार्य समिति, लालबन्दीले जनाएको छ ।