लालबन्दी,फागुन -२४,अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जनज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले क्याम्पसलाई सेनिटरी हस्तान्तरण गरेका छन् ।


जनज्योति बहुमुखी क्याम्पस स्ववियु सभापति अभिमन्यु चौधरी र नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सदस्य आदित्य महतोको पहलमा नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरूले क्याम्पस प्रमुख वीरेन्द्र चाैधरीलाई १ सय ५० प्याकेट सेनिटरी प्याड प्रदान गरेका हुन ।


महिनावारीकाे समयमा क्याम्पसमा अध्यनरत छात्राहरूफाई सहज हाेस भन्ने उद्देश्यले सेनिटरी प्याड प्रदान गरिएको नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सदस्य आदित्य महतो चियाेचर्चाे खबरलाई जानकारी दिए ।


नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीका सहसचिव इन्द्र योन्जनबाट सहयोगसाेरूप प्राप्त झण्डै १० हजार मूल्य बराबरको ( एक बाेरा) सेनिटरी प्याड क्याम्पसलाई हस्तान्तरण गरिएको स्ववियु सभापति अभिमन्यु चौधरी जानकारी दिए ।


सेनिटरी प्याड हस्तान्तरण कार्यक्रममा नेपाल विद्यार्थी संघका कार्यवाहक ईकाइ सभापति बिबेक बानिया, स्ववियु सदस्य निर्मल अधिकारी ,नेपाल विद्यार्थी संघका नेता अर्बिन्द साह, स्ववियु सदस्य अन्सु पोखरेल,नेतृ इसा धमला, प्रकृति खनाल, विवश अधिकारी लगायतका विद्यार्थी नेताहरूकाे सहभागिता रहेको थियो ।