
सर्लाही,फागुन–१५, नेपाली कांग्रेसको भातृ संगठन नेपाल भुतपुर्व सैनिक संघ मधेश प्रदेशको प्रथम अधिवेशन बिहिवार सम्पन्न भएको छ ।
नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा हरिपुर नगरपालिका वडा नम्बर २ स्थित रेडक्रस सभाहलमा अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनले पदम एकेन्द्र बहादुर बस्नेत अध्यक्ष रहने गरि २० सदस्य प्रशेस कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
प्रशेस कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा मोहन बहादुर के.सी.भरत बहादुर गुरुङ्ग, महासचिव(प्रशासन) मा लालकाजी श्रेष्ठ, महासचिव(संगठन)मा लिला बहादुर कार्की,सिचिवमा दिलिप जंग थापा,कोषाध्यक्षमा यज्ञ बहादुर भण्डारी चयान भएका छन् ।

प्रशेस कार्यसमिति सदस्यहरुमा अर्जुन कुमार घले,तुम बहादुर घले,शिला गुरुङ्ग,शुरेस कुमार श्रेष्ठ,मोहन बहादुर गुरुङ्ग,दिल बहादुर गुरुङ्ग,राम बहादुर गुरुङ्ग,कृष्ण बहादुर खड्का,रमेश कार्की,रण बहादुर थपामगर,दल बहादुर बोहोरा र गोरख बहादुर बुढाथोकी रहेका छन् ।
एकेन्द्र बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न अधिवेशनमा,संविधानसभा सदस्य तथा पूर्व मन्त्री शम्भुलाल श्रेष्ठको बिशिष्ट आतिथ्यता रहेको थियो । अधिवेशनमा नेपाली कांग्रेस सर्लाहीका उपसभापति डाक्टर सरोज कुमार, निवर्तमान अध्यक्ष धनबहादुर मास्कि मगर,बरिष्ठ उपाध्यक्ष गर्जबहादुर गुरुङ्ग मधेस प्रदेश सदस्य धर्मलाल राय, मुस्लिम संघका प्रदेश सभापति शेष सहदुल्लको आतिथ्यता रहेको थियो ।

अधिवेशनमा भुतपुर्व सैनिक संघका केन्द्रीय सदस्य डिल्ली बहादुर खत्री,लोकतन्त्रवादी आदिवासी जनजाती महासंघका गण्डकी प्रदेश सदस्य मानबहादुर गुरु गुरुङ्ग,सर्लाही अध्यक्ष पदम बहादुर श्रेष्ठ,बारा अध्यक्ष ओमराज पाण्डे,पर्सा अध्यक्ष धनबहादुर गुरुङ्ग, धनुषा अध्यक्ष जितेन्द्र बहादुर खड्का, रेडक्रस हरिपुर उपशाखा सभापति चन्द्रिका साह,टमबहादुर घिसिङ्ग,युवा नेता नारायण गुर्मछान,नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्की नेपाली कांग्रेस मधेश प्रदेश प्रतिनिधि राजकुमार राई लगायतको आतिथ्यता रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष लगायतका पदाधिकारीहरूलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह लगायतका अतिथिहरूले बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।










