सर्लाही, पुस-२७, जिल्लाको हरिपुर्वा नगरपालिका-२ मा रहेको जय गंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
जय गंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गणेश यादवको अध्यक्षता तथा हरिपुर्वा नगरपालिकाकि उपमेयर सुमित्रा देवी ग्वारीणको प्रमुख आतिथ्यतामा १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको हाे
शनिवार आज सम्पन्न साधारणसभामा संस्थाका प्रवन्धक मुकेश झाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले आर्थिक वर्ष २०८०/०८१ काे कुल आम्दानी १ करोड २ लाख ३७ हजार ९ सय ९८ रुपैयाँ ५० पैसा रहेको जानकारी दिए ।
प्रवन्धका झा का अनुसार संस्थाले ८८ लाख ४३ हजार ६ सय ५० रुपैया १५ पैसा ब्याज प्राप्त गरेको छ भने १३ लाख ९४ हजार ३ सय ४८ रुपैया ३४ पैसा विभिन्न स्रोतबाट आम्दानी गरेको छ ।
जसमध्ये ९७ लाख ३८ हजार १ सय ७ रुपैयाँ ९४ पैसा खर्च रहेको छ । संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा आयकर पछिको खुद मुनाफा ४ लाख ४९ हजार ९ सय १ रुपैयाँ ५० पैसा रहेको प्रवन्धक झाले जानकारी दिए ।
हरिपुर्वा नगरपालिका वडा नम्बर -२, त्रिवेणी चौकमा आफ्नै जमिन दुई तले पक्की भवन रहेको संस्थाकाे १२ करोड १२ लाख ५८ हजार १ सय ८० रुपैयाँ ३५ पैसा बराबरको सम्पत्ति रेहकाे अध्यक्ष यादवले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि हरिपुर्वा नगरपालिकाकि उपमेयर ग्वारीण र संस्थाका अध्क्षय गणेश यादवले उत्कृष्ट कार्य गरेको भन्दै विभिन्न कर्मचारी तथा असल ऋणी र बचत कर्तालाई सम्मान गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि हरिपुर्वा नगरपालिकाकी उपमेयर सुमित्रा देवी ग्वारीण लगायतका वक्ताहरूले संस्थाकाे प्रगति र समृद्धिकाे शुभकामना दिएका थिए ।