रामबाबु खड्का /सर्लाही
पुस-२७,जाडो बढेसगै जिल्लाका ताल पोखरी तथा वन क्षेत्रमा पहुना चरा आउने क्रम बढेको छ।
बागमतीको भरत ताल,चन्द्रनगर गाउँपालिकामा रहेको नारीमन ताल,हरिपुरको मल्हनिया ताल,लालबन्दीको परवानीपुर र जानकीनगरका पोखरी तथा सिमसार क्षेत्रहरूमा पाहुना चराको आगमन निकै बढेको विहानी सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष दिनेशराज थापाले जानकारी दिए ।


तराई मधेसका चारकोसे झाडीमा ज‍ाडो छल्न साइबेरिया, चीन, बर्मा, मङ्गोलिया, रुस, कोरिया, थाइल्यान्डलगायत विभिन्न देशबाट पाहुना चरा आउँने गरेका छन् ।कार्तिक महिनामा आएका पाहुना चरा चैतसम्म बसेर पुरानो थलो फर्किने गरेका छन्।
कार्तिक महिनामा आउँने पाहुना चरा जाडो छल्न ,´बच्चा कोर्लन र आहारको खोजीमा यहाँ आउछन् ,चैत महिनामा आउने पाहुना चरा पनि गर्मी छल्न आइपुग्छ ।उनीहरु पनि गर्मी छल्न र बच्चा हुर्काउन आएका हुनेछ , बचेरा उड्न सक्ने भएपछि उतै फर्किन्छन , चरालाई बच्चा हुर्काउन यहाँ मौसम र वातावरण अरु देशको भन्दा उपयुक्त छ ,धेरै चराहरु आहाराको ख‍ोजीका लागि पनि आउने गर्छन,´ चरा विज्ञ डाक्टर हेमसागर बरालले भने ।

बाहिरबाट आएका धेरै चराले सिमसार क्षेत्रलाई बासस्थान बनाउछन्, त्यसमध्ये केहीले झाँडी वा जंगलमा बस्न रुचाउँछन्। यहाँका रैथाने चराको बासस्थान वन जंगल हो, तर, वाहिरी पाहुना चरा खोला किनार सिमसारमा बस्न रुचाउँछन् । तराई मधेसमा ४ सय प्रजातीको सख्यमा रैथाने चरा बस्ने र समय अनुसार लगभग १५० प्रजातिका चरा रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरबैजान, चीन, मङ्गोलिया, युरोप, कोरिया र तिब्बत क्षेत्रबाट आउने गर्छन् , यी चरा चैत महिनाको अन्तिम सातासम्म यहाँ बस्छन् र त्यसपछि आफ्नै बासस्थान फर्कन्छन´चरा विज्ञ बरालले भने ।´ यस वर्ष, चारकोसे झाडीमा नयाँ प्रजातिका चरा थपिएको र यहाँका ताल पोखरीमा सेतो हाँस र कालो हाँसको झुण्ड देखिएक‍ो स्थानीय बताउँछन । बाहिरबाट आएका पाहुना चरा र स्थानीय रैथाने चरा बीचको चालचलन निकै फरक हुने सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीका अध्यक्ष सीताराम पोखरेलले बताए ।

यहाँको रैथाने चरा कालिज, मयुर, तामेढुकुर, सानो कुर्लेढुकुर, वनकुखुरा निलकण्ठ, हलेसो हो, यी अलि चलाख खालका हुन्छन् ।पाहुन चरा शान्त स्वाभावका र सिमसार क्षेत्रमा बस्न रुचाउँछन् ,पाहुना चरा बथानमा देखिन्छ भने यहाका रैथाने सनो समूहमा बस्न रुचाउँछन् । पहिलेको तुलनामा रैथाने चरा निकै घटेको छ, वन डडेलो वन अतिक्रम मानवीय गतिविधिका कारण चरा घटेको हो। यहाँ कुन प्रजातिका चरा कति छन, अहिलेसम्म गणना भने भएको छैन`,पोखरेलले भने ।´
जलवायु परिवर्तनको कारणपनि चराहरूलाई अनुकूल वातावरण मिल्न नसकेको र यसले उनीहरूको बासस्थानलाई प्रतिकूल बनाएको विज्ञहरूको भनाइ छ। तराईका जिल्लामा मात्र पाइने धनेस प्रजातिका चरा संकटको अवस्थामा पुगेका छन् ।