जनकपुर, मंसिर -८, तेह्रौँ राष्ट्रिय कर दिवस २०८१ का अवसरमा विभिन्न चार उद्योग सम्मानित भएका छन्।सम्मानित हुनेमा सर्लाहीकाे एक उद्योगसहित अन्य तीन रहेका छन ।
आन्तरिक राजस्व कार्यालय जनकपुरले आज एक कार्यक्रमकाे आयोजना गरि नेपाल भेनियर उद्योग सर्लाही, क्षीरेश्वर डिस्टिलरी धनुषा, रक्षा ट्रेडर्स एण्ड सप्लायर्स महोत्तरी, र सुनिता आयल सेन्टर सिन्धुलीलाई सम्मान गरेको हाे ।


कार्यक्रममा आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख आनन्दकुमार गुप्ताले उद्योगी र व्यवसायीले आफ्नो आम्दानीबाट विनाअवरोध कर तिरेर असल नागरिकको पहिचान सावित गर्नुपर्नै बताए।
मधेश प्रदेशका प्रमुख लेखा नियन्त्रक वीरेन्द्रकुमार मिश्रले सरकार र करदाता आपसी मित्रवत् व्यवहारबाट कर संकलन गर्नुपर्ने बताए।


त्यस्तै जनकपुर भन्सार कार्यालयका प्रमुख मानबहादुर पौडेलले राज्यको कर छल्नु गलत काम भएकाले समयमा आफ्नो हिसाबकिताब गरेर कर दाखिला गर्नुपर्नेमा जाेडदिए।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष परमेश्वर साहले प्रत्येक वर्षको करका दरमा गर्ने बढोत्तरीले व्यवसायी तथा उद्योगी समस्यामा परेको गुनासो गरेका थिए ।