
काठमाण्डौँ ,मंसिर -८, भ्रामक समाचार सम्प्रेशन गरेको भन्दै सूचनाको हकका लागि राष्ट्रिय महासंघले एक विज्ञप्ती जारी गर्दै आपत्ति प्रकट गरेको छ ।
गत कार्तिक १० गतेदेखि तिब्र खबर नामक अनलाईनबाट पटक पटक भ्रामक शिर्षक राखेर फेक न्युज प्रकाशन गरी महासंघलाई बद्वाम गराउ खोजेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको हो।

महासंघका केन्द्रीय अध्यक्ष उम्मीद बागचन्द र केन्द्रीय महासचिव अजयकुमार साहले आज संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै गलत समाचार सम्प्रेशन गरी सूचनाको हकका आम सरोकारवालाहरु माझ भ्रम सिर्जना गर्न खोजिएको प्रति सिंगो महासंघको ध्यानाकर्षण भएको जनाएका हुन ।

सूचनाको हक सम्बन्धी नागरिकको संवैधानिक मौलिक हकको संरक्षण र प्रवद्र्धन गर्न स्थापित एकमात्र नागरिक संस्था हो । सूचना मागेर सार्वजनिक निकायलाई जवाफदेहि र पारदर्शि बनाउन पहल गर्ने अभियान्ताहरुको सामुहिक पहलबाट स्थापित महासंघलाई बद्वाम गराउने नियतले भ्रामक,कपोकलपित र बदनियततपूर्ण समाचार लेखिएको प्रति घोर भत्र्सना गर्दै उक्त समाचारको खण्डन गर्दछौ,विज्ञप्तीमा भनिएको छ ।

साथै महासंघको सम्पूर्ण पदाधिकारी,सदस्य,शुभचिन्तक,सहयोगि तथा सरोकारवाला नियकायहरुलाई पनि त्यस्तो असत्य र भ्रामक समाचारको विश्वास नगर्न र भ्रममा नपर्न विज्ञप्तिमार्फ अपिल गरिएको छ।
भ्रमपूर्ण समाचार लेख्ने तिब्र खबर अनलाईन विरुद्ध कानूनी कार्वाहिमा जाने तयारीमा रहेको महासंघले,आफ्नो लक्ष्य र उद्देश्य प्राप्तिको लागि गरेको सम्पूर्ण काम कार्वाही प्रति सँधै जवाफदेहि र जिम्मेवार रहेको विज्ञप्ती मार्फत प्रष्ट परेको छ ।









