रासस
काठमाण्डौ,मंसिर –८, काठमाण्डौका विभिन्न क्षेत्रमा आज तीनवटा शव भेटिएका छन् । काठमाण्डौको गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको काठमाण्डौका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।


उनका अनुसार गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर भएका ५२ वर्षीय नरबहादुर राई, टोखा नगरपालिका–१० खरिबोटमा सत्कार खाजा पसलका सञ्चालक सुनसरीको धरान उपमहानगरपालिका घर भएका ५५ वर्षीय अर्जुनकुमार राई आफ्नै खाजा पसल अगाडि मृत फेला परेका हुन।


यसैगरी दक्षिणकाली नगरपालिका–६ दक्षिणकाली साँस्कृतिक क्षेत्र सुधार समितिको जङ्गलको पानी ट्याङ्की नजिक खोल्सामा आज बिहान एक पुरुष मृत भेटिएका प्रहरीले जनाएको छ ।

अन्दाजी ६० वर्षीय ती पुरुषको पहिचान खुलेको छैन ।
तीनै वटा घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।