सप्तरी,मंसिर–४, सप्तरी प्रहरीले नेपालमा प्रतिबन्धित १७ क्विन्टल १७ किलो गाँजा बरामद गरेको छ । बालुवा र गिट्टीले छोपर टिपरमा राखि भारततर्फ लैजाँदै गरेको अवस्थामा राजगढ गाउँपालिका वडा नम्बर ४ बाट प्रहरीले गाँजा बरामद गरेको हो ।


जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडाका अनुसार प्रहरीले तस्करीमा संलग्न एक जनालाई गाँजासहित नियन्त्रणमा लिएको छ ।तराई मधेशका जिल्लाबाट पछिल्लो केही वर्ष यता विभिन्न सीमावर्ती नाका हुदै गाँजा तस्करी बढेको छ ।

सप्तरी प्रहरीले यस विषयमा पत्रकार सम्मेलन मार्फत थप जानकारी दिने बताएको छ ।