सर्लाही,मंसिर -३, जिल्लाको ईश्वरपुरमा ग्याँस सिलिण्डर लिक भई आगलागी हुदा एक महिलाको मृत्यु भएको छ ।
आगलागीबाट ईश्वरपुर नगरपालिका वडा नं- ६ झन्झटटोल बस्ने ३८ वर्षीया नैमुख खातुनको मृत्यु भएको हाे ।


कार्तिक २५ गते खाना पकाउने क्रममा ग्याँस सिलिण्डर लिक भइ आगलागी हुदाँ नैमुनको छाती देखि तलको ७० प्रतिशत भाग जलेकाे थियो ।


जिल्ला प्रहरी कार्यलय मलंगवाका अनुसार जलेर गम्भिर घाइते भएकी नैमुनको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा आज मृत्यु भएको हाे । उनीसँगै जलेर घाइते भएकी १९ वर्षिया छोरी आशो खातुन भने उपचार ठिक भएकी छिन्।