सर्लाही, असाेज-२९,जंगली जंगली हात्तीले सोमवार राति जिल्लाकाे बरहथवा-९ मुर्तियामा धानबाली नष्ट पारेको छ।
स्थानीयका अनुसार तीनवटाको सख्यामा आएका जंगली हात्तीले पैंतीस बिगाहा क्षेत्रमा लगाइएको धानबाली खाएर नष्ट पारेको हाे ।


जंगली हात्ती गाउँ नजिक पुगेपछि स्थानीय रातिनै वन कार्यालय र प्रहरीलाई खबर गरेका थिए। प्रहरी र वनका कर्मचारीको सहयोगमा रातिनै गाउँबाट हात्तीलाई धपाई जंगल पठाएको सवडिभिवन वन कार्यालय मुर्तियाका जमदार मदन थिङले जानकारी दिए।
सर्लाहीको मुर्तिया, जानकीनगर , भक्तिपुर ,परवानीपुरको जंगलमा प्रत्येक वर्ष धान पाकेपछि जंगली हात्ती आउने गरेको छ।


गत वर्षपनि जंगली हात्तीको आक्रमणबाट घुर्कौलीमा एक जनाको मृत्यु भएको थियोे । हात्ती आएकाले एक्लै जंगल नजान र रातको समयमा सावधानी अपनाउन प्रहरीले सामाजिक संजालमार्फत सबैमा अनुरोध गरेको छ।


जंगली हात्ती दिनभरि जंगलमा बस्ने र राति आहारा खोज्न बस्ती नजिक पुग्ने गरेकाले रातको समयमा खेतबारी वरिपरि अनावश्यक विधुतिय करेन्टको तारबार नलगाउन समेत वन कार्यालयले सबैमा अनुरोध गरेको छ।