रामबाबु खड्का /सर्लाही
असाेज-२९, यस वर्षको दशै लक्ष्यित तीन नेपाली चलचित्र छक्का पञ्जा–५ , ज्वाईंसाब र १२ गाउँ ´एकैसाथ प्रदर्शन भएका थिए। दीपकराज गिरी र दीपाश्री निरौलाको 'छक्का पञ्जा ५', विराज भट्ट समीर भट्टको '१२ गाउँ' र जितु नेपाल र नीति शाह अभिनीत चलचित्र 'ज्वाइँसाब' एकैपटक प्रदर्शनमा आएका हुन्। तीनवटै चलचित्र मध्ये दुईवटा चलचित्रले लगानी उठाइएको दावी गरेका छन।ती चलचित्र हुन दिपाश्री निरौलाले निर्देश गरेको चलचित्र ‘छक्का पञ्जा–५’ र विराज भट्टको१२ गाउँ´ ।


दिपक र दिपाश्रीको चलचित्र छक्का पञ्जा ५´ ले प्रदर्शन भएको ६ दिनमा करिव १० करोड ग्रास कलेक्सन गरेको दावी गरेको छ। तर, तराईका सिनेघरमा भने एक सतासम्म चलचित्रछक्का पञ्जा ५´ टिक्न सकेन । लालबन्दीमा छक्का पञ्जा ५ प्रदर्शन भएको ५ दिनमा नै विराज भट्ट निर्देशित चलचित्र १२ गाउँ´लागेको छ । त्यसैगरी बरहथवा र हरिवनमा पनिछक्का पञ्जा ५´ ले हाउस फुल गर्ने सकेको छैन।
चलचित्र छक्का पञ्जा ५´ मा कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे माग्नेबुढा ,वर्षा सिवाकोटी,राजाराम पौडेल, लोकेन्द्र लगायतले अभिनय रहेका छन ।


चलचित्र १२ गाउँ ´ ले अहिलेसम्म ७ करोड रूपैयाँ कलेक्सन गरेको निर्माता विराज भट्टले बताए। नेपाली दर्शकलाई मनपर्ने गरि दक्षिण भारतीय शैलीको एक्सनमा चलचित्र ‘१२ गाउँ’ को निर्माण गरिएको हो । धेरै सिनेघरमा आफू पुग्दा नेपाली चलचित्रमा हुनुपर्ने सबै पक्ष१२ गाउँ´ मा भएको दर्शकले प्रतिक्रिया दिएको विराजले बताए । चलचित्र १२ गाउँ´ मा विराज बाहेक धेरै कलाकार नयाँ छन। विराजले छोरा समीर भट्टलाई यसै चलचित्रबाट डेव्यु गराएका हुन ।समीरसगै दुई नायिका न्यान्सी खड्का र सनिशा भट्टराईले यसै चलचित्रबाट डेव्यु गरेकी हुन ।

फुलपातीको दिनैबाट प्रदर्शनमा आएको अर्को चलचित्रज्वाईंसाब´ ले राजधानीमा राम्रो व्यापार गरिरहे छ। जितु नेपाल र नीति शाहा अभिनित चलचित्रमा केही कलाकार छक्का पञ्जा टिमका भएकोले पनि दर्शकले ज्वाईंसाब हेर्ने निधो गरेका हुन। तराईका हलमा ज्वाईंसाबको धेरै दर्शकले प्रतिक्षा गरिरहेका छन।जितु नेपाल ( मुन्द्रे) र नीति शाह दुबै कला क्षेत्रमा आ-आफ्नो विज्ञता हासिल गरेका कलाकार हुन । चलचित्रमा ज्वाईंसाबमा बुद्धि तामाङ (हैट) को ठुलो भुमिका रहेकोको छ । चलचित्र `ज्वाईंसाबले अर्को धनको खोजीमा लाग्नु नहुने जस्ता विषयवस्तुलाई पर्दामा उतारेको छ। यति बेलासम्म ज्वाईंसाबले कति ग्रस कलेकस्न गर्यो भन्ने सार्वजनिक गरिएको छैन।