
सर्लाही,असाेज-२०,पतञ्जलि योग समिति सर्लाही र पतञ्जली योग नर समिति मलंगवाले सदरमुकाम मलंगवामा दीप प्रज्ज्वलन गरेको छ ।
पतञ्जलि योगपीठ नेपालको १८ औं स्थापना दिवसको अवसर पारेर आइतवार (आज) साँझ मलंगवाकाे तीन कुने सहिद पार्कमा दीप प्रज्ज्वलन गरेको हाे ।

दीप प्रज्ज्वलन कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहल पतञ्जली योग समिति सर्लाही र पतञ्जली योग नर समिति मलंगवाका पदाधिकारी तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो ।

पतञ्जलि योगपीठ नेपालको स्थापना दिवसको अवसर भोली साेमवार सदरमुकाम मलंगवा स्थित सहिद चौकमा बिहान ४:३० बजे देखि हुने खुल्ला योग शिविरमा सहभागी हुन पतञ्जली योग समिति सर्लाहीले सबैमा आग्रह गरेको छ ।










