
सर्लाही,असोज-२१,पतञ्जलि योग समिति सर्लाही र पतञ्जलि योग नर समिति मलंगवाको आयोजनामा एक दिवसीय खुल्ला योग शिविर सम्पन्न भएको छ ।

पतञ्जलि योगपीठ नेपालको १८ औं स्थापना दिवसको अवसर पारेर सोमवार (आज) बिहान मलंगवाको तीन कुने सहिद पार्कमा एक दिवसीय खुल्ला योग शिविर सम्पन्न गरिएको हो ।

गए साँझ दिवसको पूर्वसन्ध्यामा दीप प्रज्ज्वलन गरिएको थियो। बिहान ४:३० बजे देखि भएको खुल्ला योग शिविरमा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहल पतञ्जली योग समिति सर्लाही र पतञ्जली योग नर समिति मलंगवाका पदाधिकारी तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो ।

भोली (मंगलवार) देखि योग भवनमानै नियमित कक्षा संचालन हुने पतञ्जलि योग समिति सर्लाहीले जनाएको छ ।









