
सर्लाही,असाेज-१६,अविरल वर्षाका कारण बाढी र डुवानबाट क्षती भएका जिल्लाकाे निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गतका चक्रघट्टा, बसबरिया लगायतका स्थानकाे स्थलगत निरीक्षण निरीक्षण गरिएको छ ।

प्रतिनिधि सभा सदस्य एवम् पूर्व रक्षामन्त्री हरि उप्रेती,प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सुरक्षा निकायका प्रमुख सहितका टोलीले बुधवार स्थलगत निरीक्षण गरेको हाे ।

स्थलगत निरीक्षणका क्रममा प्रतिनिधि सभा सदस्य एवम् पूर्व रक्षामन्त्री हरि उप्रेती र प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले क्षतिको वास्तविक विवरण तत्काल उपलब्ध गराउन सम्बन्धित निकायका जिम्मेवार शाखालाई निर्देशन दिएका छन् ।

केही दिन अघि भएको अविरल वर्षाका कारण बाढी र डुवानबाट जिल्लाकाे दक्षिण पश्चिम क्षेत्र प्रभावित भएको छ ।

डुवानका कारण यहाँका नागरिकले वर्षदिन खान भण्डारण गरेको अन्न लत्ताकपडा कामनलाग्ने भएको छ । यहाँका सयौं घरपरिवारमा खाद्यान्नक अभाव देखिएको छ ।









