
लालबन्दी, असोज–१५ वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि सहयोग जुटाउन किताब बेच्दै हिँडेका महावीर पुन सर्लाहीको लालबन्दीमा आइपुगेका छन् ।
हिजो मंगलवार हरिवनका बिभिन्न स्थानमा किताव बेचेका पुनले आज बुधवार लालबन्दीका विभिन्न संघ संस्था तथा सर्वाजनिक स्थामा किता बेच्ने कार्यक्रम रहेको छ ।

पुनले आफ्नै जीवन संघर्षमा आधारित भएर लेखिएको पुस्तक बेचेर कृषि औजार कारखाना सञ्चालन गर्ने लक्ष्य राखेका छन् ।
उनको यो अभियानमा लालबन्दीका उद्योगी व्यवसायी र स्थानीयले साथ दिने भएका छन् ।

हिजो साँझ लालबन्दी स्थित होट युनाइटेड इनमा बसेका पुनले आज लालबन्दीमा बिहान ७ बजे सानिमा बैंक अगाडी ,८ बजे आईडियल बोर्डिगं बस्तिपुर,९ बजे जन ज्योती मावि र क्याम्पस गेटमा अगाडी १० बजे जानकी मावि. १२ बजे फौदं शिंह मावि. रानीगञ्ज, १ बजे डिम जनता मावि तिनघरे,
२ बजे जनता मावि नबलपुर, ३ बजे नवजीवन मावि जुटपानी र ४ बजे देखी ६ बजे सम्म नबलपुर चौकमा किताव बेच्ने कर्यतालीका रहेकोछ ।











