सर्लाही,असाेज-२, जिल्ला सदरमुकाम मलंगवामा (आज) बुधवार सरसफाइ गरिएको छ ।
संविधान दिवस आयोजक मुल समारोह समितिका अनुसार असोज २, ३ र ४ गते विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाउने निर्णयअनुसार सरसफाइ कार्यक्रम आयोजना गरिएको हाे ।
मलंगवा नगरपालिकाका नगरप्रमुख(मेयर) नागेन्द्र प्रसाद यादवको नेतृत्वमा नगरपालिका परिसर भित्रबाट सरसफाइ शुरु गरिएको थियो । मलंगवा बजारको मुख्य चोक हुदै बजार क्षेत्रमा सरसफाइ गरिएको संविधान दिवस आयोजक मुल समारोह समितिले जनाएको छ।
जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंह, नगरप्रमुख नागेन्द्र प्रसाद यादव, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, नागरिक समाजका शिवचन्द्र चौधरी, लगायत सहभागिताकाे सरसफाइ कार्यक्रममा सहभागिता रहेको थियो ।
असोज ३ गते संविधान दिवसको मुख्य दिन बिहान ७ बजे जिल्ला प्रशासन कार्यालय सर्लाहीको प्रांगणबाट प्रभातफेरी निकालिने कार्यक्रम रहेको आयाेजकले जनाएको छ ।