सर्लाही,असोज -२,नेपाली कांग्रेस सर्लाहीले जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा आज बुधवार देखि एकदिने निःशुल्क स्वास्थ्य परिक्षण शिविर सुरु गरेको छ ।
आज पहिलो दिन क्षेत्र नम्बर २ अन्तर्गतको कौडेना गाउँपालिकामा नि:शुल्क स्वास्थ्य परिक्षण शिविर आयोजना गरिएको नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर -२ ले जनाएको छ ।
यता नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर -१ ले पनि भाेलि बिहिवार ईश्वरपुर -८ रामपुरमा एक दिने नि:शुल्क स्वास्थ्य परिक्षण शिविर आयोजना गर्ने आज पत्रकार सम्मेलन मार्फत जनाएको छ । आयाेजकका अनुसार स्वास्थ्य परिक्षण शिविर रामपुर स्थित आधारभूत विद्यालय बिहान -८ बजे देखि सुरू हुने छ ।
शिविरमा मुटु,फोक्सो,टाउको तथा नशा,मिर्गौला ,जनरल मेडिसिन, जनरल सर्जरी स्त्रीरोग,हाडजोर्नी तथा नशा,नाक,कान,घाँटी,छाला,दाँत,आँखा सम्बन्धि रोगहरुको जाँच गर्नुका साथै इसिजि,ईको,अल्ट्रासाउन्ड र ल्याब परिक्षण समेत नि:शुल्क गरिएने क्षेत्रीय सभापति हरि लुंगेलीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
काठमाडौ मेडिकल कलेज काठमाडौ,नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगर एवम् माेरङ क्षेत्र नम्बर -२ का प्रतिनिधि सभा सदस्य सुनिल कुमार शर्मा सँगको सहकार्य र सहयोग मा शिविर आयोजना गरिएको क्षेत्रीय सभापति लुंगेलिले जानकारी दिए ।
शिविरका लागि करिब ४ लाख खर्च अनुमान गरिएको र पार्टी भित्रैबाट सहयोग संकलन गरि रकमको व्यवस्थापन गरिएको जनाइएको छ ।
३५ जना विज्ञ डक्टरहरूकाे टाेलिले नि :शूल्क स्वास्थ परिक्षा गर्ने शिविरबाट ३५ सय देखि ४ हजार जना लाभान्वित हुने आयाेजककाे अनुमान छ । सवैलाई शिविरमा सहभागी भएर स्वास्थ्य लाभ लिन आयाेजकले अनुरोध गरेको छ ।
शिविरमा स्वास्थ परिक्षण गराएकाहरु मध्येबाट अप्रेसन गर्नुपर्ने बिरामीहरुको काठमाडौं स्थित केएमसी हस्पिटलमा नि:शुल्क र नाेवेल मेडिकल कलेजमा ५० प्रतिशत छुटको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा संविधानसभा सदस्य रामचन्द्र चाैधरी, महाधिवेशन प्रतिनिधि सुशीला कार्की,कांग्रेस नेतृ शर्मिला थापा,युवा नेता याेग देवकोटा लगायतको सहभागिता रहेको थियो ।
उता क्षेत्र नम्बर -२ काे कौडेना-२ फुलपरासी स्थित सामुदायिक अस्पतालमा आयोजना गरिएको शिविरको नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्णा यादवले उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय,संघीय सांसद सुनिल कुमार शर्मा,नेपाली कांग्रेस सर्लाहीका पुर्व सभापति लक्षमण राय,प्रदेश सभा सदस्य ईन्दु कुमारी साह,कौडेना गाउँपालिका प्रमुख रुपेश कुमार ,उपप्रमुख नगीना देवी,रौतहट जिल्ला अन्तर्गत विभिन्न पालिकाका प्रमुख लगायतको उपस्थिति रहेको आयाेजक नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर-२ ले जनाएको छ ।
शल्यक्रिया गराउन काठमाडौ जानुपर्ने बिरामीलाई जान आउन लाग्ने खर्च पालिकाले उपलब्ध गराउने कौडेनाका प्रमुख रुपेश कुमारले जानकारी दिए ।