प्रतिकात्मक तस्विर ।

सर्लाही,भदौ – ८,जिल्लाको कविलासी नगरपालिका–४, हेमपुरका पूर्व वडाध्यक्ष अरविन्द कुमार यादवको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ ।
४३ वर्षीय यादवको गएराति बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चोकमा भएको दुर्घटनामा मृत्यु भएको हो ।


प्रहरीका अनुसार राति करिव साँढे ९ बजे टिकुलियाबाट बरहथवातर्फ आईरहेको प्रदेश २–०३–०२० प ३२४५ नम्वरको मोटरसाइकल पल्टिएर दुर्घटना हुँदा यादवकाे मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार यादवलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यादवको शव पोष्टमार्टमका लागि राति नै प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको छ ।दुर्घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतका यादव नेकपा एमाले जिल्ला कमिटीका सदस्य हुन ।