विद्यालय भवनको शिलान्यास गर्दै,मेयर विनोदकुमार साह र उपमेयर सुमित्रा देवि ग्वारनी ।

सर्लाही,साउन—३२ जिल्लाको हरिपूर्वा नगरपालिकामा शुक्रवार दुईवटा विद्यालय भवनको शिलान्यास भएको छ । भवनको मेयर विनोदकुमार साह र उपमेयर सुमित्रा देवि ग्वारनीले संयुक्त रुपमा शिलान्यास गरेका हुन ।
नगरपालिकाको वडा नं. ९ स्थित रामजानकी माध्यमिक विद्यालय बसन्तपुरमा ८ करोड बढी को लागतमा विद्यालय भवन निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
भवन निर्माणका लागि संघीय सरकारको विशेष अनुदान अन्तर्गत प्राप्त बजेटबाट नेशनल अपर जे.भि. सँग ८ करोड पाँच लाख ९६ हजार २५ रुपैयाँ ५६ पैसामा साउन २७ गते सम्झौता गरि काम अघि बढाईएको हो ।


बहु वर्षे योजना अन्तर्गत ३ वर्षभित्र ३ तले विद्यालय भवन, २ तले प्रशासनीक भवन, पुस्तकालय र चमेनागृह निर्माण हुने मेयर विनोदकुमार साह जानकारी दिए । नयाँ भवन निर्माण भएपछि पठनपाठनमा थप सहजता आउने विश्वास लिइएको छ ।

शुक्रवार नै मेयर साह, उपमेयर ग्वारनी र वडाध्यक्ष रामेश्वर रायले हरिपूर्वा नगरपालिका–८, स्थित कन्या आधारभूत विद्यालय बसन्तपुरमा विद्यालय भवनको शिलान्यास गरेका छन् । विद्यालयमा भवन निर्माणका लागि संघीय सरकारले २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको हरिपूर्वा नगरपालिका का मेयर विनोदकुमार साह जानकारी दिए । पहिलो पटक निर्विवाद यतिधेरै बजेटको योजना शिलान्यास गर्न पाएकोमा आफुलाई खुसि लागेको मेयर साहले बताए ।