प्रतिकात्मक तस्विर ।

सप्तरी,साउन – ३२, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–३ बरमझियामा तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा मोटरसाइकलका चालक सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुरका महेशकुमार मेहता र मोटरसाइकलको पछाडि बस्ने गौतमपुरकै जयप्रकाश मेहता रहेका सम्परी प्रहरीले जनाएको छ ।


महेशको घटनास्थलमै मृत्यु भएको र दुर्घटनामा घाइते जयप्रकाशको कञ्चनरूप–१२ को धर्मेश्वर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

नेपाल आयल निगमको को १ ख ७४१४ नम्बरको तेल बोक्ने ट्याङ्करले प्र १–०२०४७ प १२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । यस्तै दुर्घटना घाइते भएका ट्याङ्करका चालक सिरहाको कर्जना नगरपालिका–३ का मिथलेश यादवको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।