
सर्लाही,साउन –३२, जिल्लाको लालबन्दी नगरपालिका–३, जब्दी भैरवपुरमा थारु सँस्कृति संरक्षण प्रवद्र्धन केन्द्रको कार्यालय भवन उद्घाटन गरिएको छ ।
केन्द्रका अध्यक्ष सूर्यनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य रामचन्द्र चौधरीले भवनको उद्घाटन गरेका हुन् । थारु सँस्कृति संरक्षण प्रवद्र्धन केन्द्र जिल्ला प्रशासन कार्यालय सर्लाही र समाज कल्याण परिषद्मा हालसालै दर्ता भएको संस्थाहो ।
बहुवर्षीय योजना अन्तर्गत थारु संग्रालय निर्माणका लागि संघीय सरकारबाट यस वर्ष ९० लाख रुपियाँ बजेट बिनियोजन भएको लालबन्दी नगरपालिका मेयर वासुदेव अधिकारीले जानकारी दिए ।

थारु समुदायको बाक्लो बस्ति रहेको लालबन्दीको जब्दि भैरपुर र ईश्वरपुर,हरिपुरका स्थानका उक्त समुदायका नागरिकलाईसमेत पायक पर्ने गरि थारु संग्रालय निर्माणका लागि पहिलो चरणको काम प्रारम्भ भएको मेयर अधिकारीले जानकारी दिए ।
संग्राहल निर्माण सम्पन्न भएपछि थारु समुदायले प्रयोग गर्ने परम्परागत सामग्रीहरु ढिक्क,जातो, मछा मार्ने सामग्री डेली ,खौकी, जाल, माटो तथा काठका भाँडा, थारु पहिरनलगायत सँस्कृति झल्कने वस्तु प्रदर्शनीमा राखिने छ ।
संघीय सरकारसंगै आफुहरुको पनि चासोको बिषय भएकाले लालबन्दीमा थारु र तामाङ समुदायको काला सँस्कृति संम्बद्र्धन, प्रवद्र्धन कार्यको लागि कार्य भइरहेको मेयर अधिकारीले चियोचार्चो खबरलाई जानकारी दिए ।

कार्यालय भवन निर्माण भएपछि संग्राहलय निर्माणको काम पनि अघि बढाइने थारु कल्याणकारी सभा जिल्ला कार्य समिति सर्लाही सर्लाहीले जनाएको छ ।
कार्यालय भवन उद्घाटन कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रमुख (मेयर) वासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पन्जियार, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यलगायतले मन्तव्य राखेका थिए । उनीहरुले सग्राहलय निर्माणका लागि आ–आफ्नो पालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।









