करेन्ट लागेर मृत्यु : प्रतिकात्क तस्विर ।

सोलुखुम्बु ,– साउन २७, जिल्लाको सल्लेरीमा करेन्ट लागेर विद्युत कम्पनीका एक जना कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार मृत्यु हुनेमा सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडका प्राविधिक विष्णु राई रहेका छन ।


कम्पनीले सल्लेरी क्षेत्रको तार आसपासको रुख बिरुवा कटान गर्ने क्रममा राईसहित तीन जना कर्मचारीलाई करेन्ट लागेर घाइते भएका थिए । घाइतेमध्ये राईको उपचारका क्रममा मृत्यु भएको र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


उता बाजुरामा विद्युत् लाइन बिस्तारका क्रममा करेन्ट लागेर बडिमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्टको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बडिमालिका नगरपालिका–६ को जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर घाइते भएका विष्टको अछामको बयालपाटा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।