तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ ,साउन २७, – उदयीमान गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । हिजो बेलुका ललितपुरको भैँसेपाटी डेरामा अचेत अवस्थामा भेटिएका उनलाई परिवारका सदस्य र आफन्तले तत्काल पाटन अस्पताल पु¥याएका थिए । तर डाक्टरले मृत घोषणा गरे ।
सङ्गीतकार चेतन सापकोटाका अनुसा तिमिल्सिनाको शव अहिले बिहान सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने छ ।


तिमिल्सिनाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएका छन् । सुनसरीका स्थायी बासिन्दा तिमिल्सिना गायन प्रतियोगिता ’नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए । उनका ’प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ’तिम्रो हातको सिन्दूर’, ’नमान लाज यसरी’, ’तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिंडे म’, ’नआए नि हुन्थ्यो’ लगायतका गीत छन् । उनको बाल्यकालमै आँखाको ज्योति गुमेको थियो ।


गायक तिमिल्सिनाको निधनमा सङ्गीतकर्मी, शुभेच्छुक, सर्वसाधारणलगायतले सामाजिक सञ्जालमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।