कृष्ण थपलिया /सर्लाही
साउन—२२,पछिल्लो समय देशमा आर्थिक मन्दिले चरम सीमा पार गरेको छ। व्यापार व्यवसाय प्राय ठप्प जस्तै छ ।
यसको मारमा परेका छन् बैंकबाट ऋण लिएर व्यापार व्यवसाय गरि रहेका नागरिकहरू । व्यवसाय नचल्दा उनीहरू जलिमरौ कि डुबि मरौको स्थितिमा पुगेका छन् । उनीहरूले समयमा बैंकको व्याज तिर्न सकिरहेको अवस्था छैन । यस्तो स्थितिमा व्यवसायीलाई बचाउने खालको नीतिको अवलम्बन नत राज्यले गर्न सकेको छ,नत राष्ट्र बैंकलेनै ।
यस्तो भयावह स्थितिमा पनि बैंक भने जसरी पनि ऋण असुल्ने र पाँच गुना सम्म नाफा वृद्धि गर्ने मुडमै देखिएको छ ।
यस्तै गरिएको पाइको छ,गरिमा बिकाश बैंक मलंगवा शाखाले । सर्लाही मा झन्डै ३०/४० बिगाहा जमिनमा माछा पालन व्यवसाय गरिरहेका चन्द्रनगर —६ का नथुनी मुखियालाई झण्डै झण्डै टाट नै बनाउन थालेको देखिन्छ,गरिमा बिकाश बैंक मलंगवा र तिनका प्रवन्धक रामएकवाल साहले ।
व्यवसाय वृद्धिका लागि सहुलियतपूर्ण कृषि ऋण माग्न गरिमा बिकाश बैंक मलंगवा पुगेका नथुनी मुखियालाई बैंकका शाखा प्रवन्धक साहले बैंकले उठाउन नसकेको लिलामी स्विकारे ५ करोड ऋण दिने भनी आस्वासन दिएर लिलामी स्विकारे पछि भने ,थप ऋण नदिएको माछा किसान मुखियाले बताए ।
उनले बैंकको बदमासी पछि आफुले पोखरीमा माछा राख्न नपाएको,माछाको दाना किन्न नसकेको ,बैंकको ब्याज तिर्दा तिर्दै बाँकी पैसा सकिएकाले आफू सडकमा
पुगेको बताए ।
यहाँ उदेकलाग्दो बिषय के छ भने जुन प्रयोजनको ऋण दिइएको छ बैंकले नै ऋणीलाई सो प्रयोजनको लागि काम गर्नै दिएको पाइदैन।
बैंकले ऋणीलाई आफ्नो डुब्दै गरेकोे ऋण असुल्ने हतियारको रूपमा प्रयोग गरेको पाइन्छ । के यो वित्तीय अनुशासनको उल्लघन हैन ? के यस्ता बैंक र उनका कर्मचारी कार्वाहीको भागिदार हुदैनन् ? हुन्छ भने कस्ले गर्ने कार्वाही अनि कस्ले गर्छ नियम ?
यति मात्र हैन सर्लाहीमा गरिमा का कार्मचारीले आफ्नो गरिमा लिलामी गरेको ऋणीहरू बताउँछन् ।
कर्मचारीहरुले आफुहरुलाई खुलेआम ठगि गरेको बैकका ऋणीहले चियोचर्चो खबरसंग बताए। बैंक र यसका कर्मचारीहरुले विभिन्न विचौलियाहरु मार्फत आफुहरुलाई
ऋणको लोभमा पारेर ठगि गरेको पीडितहरुकाे आरोप छ ।
जिल्लाको कौडेना गाउँपालिकाका फेकन यादव, लालबन्दी नगरपालिका १७ राजेश भुजेल, सोही ठाउँ बस्ने सीता विश्वकर्मा, ईश्वरपुर नगरपालिका ११ का रामबाबु ठाकुर, सोही ठाउँका सत्रुधन सहनी, बलरा नगरपालिका ७ का राकेश कुमार कापरलगायतका पीडितहरुले गरिमा विकास बैंक मलंगवा शाखाका म्यानेजर रामएकवाल साहले ऋणीको बाहानामा आफूहरुलाई ठगि गरेको आरोप लगाए हुन् ।
कौडेनाका फेकन यादवलाई ३० लाख, लालबन्दीका राजेश भुजेललाई २० लाख,लालबन्दीकै सिता विश्वकर्मालाई १६ लाख, ईश्वरपुरका रामबाबु ठाकुरलाई ५० लाख, सोही ठाउँका सत्रुधन सहनीलाई २५ लाख, बलराका राकेशकुमार कापरलाई ३०लाख ऋणमा डुबाएर बैंकका म्यानेजर साहले ठगि गरेको उनीहरुले दाबी गरेका छन।
पीडितहरुका अनुसार म्यानेजर साहले ऋणीहरुको ऋण पास गरिदिने र सबै पैसा आफैले निकालेर खाने गरेको बताए । कौडेनाका फेकन यादवले त आफूसँग चारओटा चेकमा एकतर्फी सही गराएको र आफूलाई थाहै नदिई पछाडिपट्टी आफनो नक्कली दस्तखत र फर्मको छाप प्रयोग गरी रकम निकालेर खाएको बताए ।
त्यस्तै लालबन्दीका राजेश भुजेलसंग पछि ६ लाख मात्रै दिएर १४ लाख खाएको भुजेलले बताए । त्यस्तै बलराका राकेश कुमार कापरले आफूलाई १० लाख दिएर २० लाख म्यानेजरले नै खाएको बताए । त्यस्तै लालबन्दीकी सिता विश्वकर्माले आफूले जम्माजम्मी २ लाख ५० हजार पाएको र बाँकी पैसा नदिएको बताईन।
आफूहरुले ऋणवापतको पैसा नपाउँदै बैंकले ब्याज र किस्ता माग्न आएको भनेर म्यानेजरलाई सुनाउँदा तपाईले सिस्टममा ऋण खानुभएको छ । कानूनी रुपमा हामीबलियो छौं । तपाईहरु जहाँ गएर जेसुकै गरेपछि मलाई फरक पर्दैन भनेर जवाफ दिने गरेको पीडितहरुले बताएका छन । उनीहरुका अनुसार सर्लाहीमा आफूहरु जसरी ठगिनेको संख्या ठुलो रहेको छ ।
यसरी म्यानेजर रामएकवाल साहले ऋणीलाई ऋण पास गरिदिने र केही पैसा मात्रै दिएर बाँकी पैसा खाली चेकमा सही गराई मागेर आफैले झिकेर खाने गरेको आफूहरुले हेडअफिसमा जानकारी गराउँदापनि कुनै सुनुवाई नभएको पीडितहरुले बताएका छन ।
यता ठगि गरेका भनिएका गरिमा विकास बैंक मलंगवा शाखाका म्यानेजर रामएकवाल साहसँग यसवारे बुझन खोज्दा उनले बोल्न अस्विकार गरे । उनले आफूले ठगि गरेको नभई कानूनी रुपमा नियमअनुसार नै ऋण दिएको बताए ।