सर्लाही, माघ- २ गते ।सर्लाही जिल्लाको धनकौल गाउँपालिका–५ हरकठवामा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।


हरकठवाबाट सिसौटतर्फ जाँदै गरेको ना ४ त ७०३१ नम्बरको ट्याक्टरले शुक्रवार साँझ करिब ६ः३० बजेको समयमा पैदलयात्री उमेश महतोकी करिब १० वर्षीया छोरी गौरी कुमारी महतोलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी गौरीको कम्मर र टाउकोमा गम्भीर चोट लागेको थियो।गम्भीर घाइते बालिकालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएकोमा राति करिब ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

बालिकाको शव हाल सोही अस्पतालमा राखिएको छ।


दुर्घटनापछि ट्याक्टरलाई इलाका प्रहरी कार्यालय हरकठवाको नियन्त्रणमा लिइएको छ भने ट्याक्टर चालक बैरिया टोल निवासी करिब ३३ वर्षीय रामबिन सहनीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरहथवा पठाइएको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।