बागमती, पुस—२६। बागमती नगरपालिकास्थित मिलचोक मगर गुम्बामा यही पुस १९ गते देखि सुरुभएको नेपाल मगर संघ सर्लाहीको आठौं जिल्ला अधिबेशन नयाँ नेतृत्वको चयन गर्दै सम्पन्न भएको छ ।
उद्घाटन सत्र पछि शिनिवार सम्पन्न भएको बन्दसत्रले २१ सदस्यीय नयाँ जिल्ला समिती चयन गरेको संघका मधेश प्रदेश महासचिव तेजनारायण आले मगरले चियोचर्चो दैनिकलाई जानकारी दिए । नयाँ समितिको अध्यक्षमा कमल बहादुर क्याप्छाकि (कामना) चयन भएका छन्।
संघका अन्य पदाधिकारीहरूमा बरिष्ठ उपाध्यक्षको पदमा दोम बहादुर थापा, उपाध्यक्षमा छत्र बहादुर दर्लामी मगर, सुमित्रा लुंगेली मगर, सचिवमा सन्जय बलम्पाकी मगर, कोशाध्यक्षमा मनु आले मगर चयन भएका छन्। सहसचिवहरूको रूपमा नबराज आले मगर, पावल थापा मगर र ज्ञान बहादुर किङरिङ मगरलाई चयन गरिएको छ।
नव निर्वाचित पदाधिकारीहरूलाई खादा माला लगाएर प्रमाणपत्र प्रदान गरिएको थियो। नव निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन मण्डलका संयोजक पूर्व केन्द्रीय सदस्य लेखराम जर्घा, दिलबहादु किङरिङ, मधेश प्रदेश सभा सदस्य बेची लुंगेली लगायतले प्रमाणपत्र वितरण गरेका थिए। यो अधिबेशनले संघको संगठनात्मक संरचना बलियो बनाउनुकासाथै मगर समुदायको हितमा भूमिका निर्वाह गर्ने आशा गरिएको छ।