
हरिपुर,पुस—२५ गते । हरिपुर नगरपालिकाको १६औँ नगरसभा हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगर प्रमुख गोपाल पजियारको अध्यक्षतामा शुक्रवार सम्पन्न नगरसभामा उप–प्रमुख निलमदेवी राय लगायत कार्यपालिका सदस्य तथा नगरसभाका सदस्यहरुको उपस्थितिमा विभिन्न महत्वपूर्ण विधेयक तथा प्रस्तावहरू पारित गरिएको छ।

नियमित नगरसभाबाट पारित गरिएको नीति तथा कार्यक्रम र बजेटलाई विशेष नगरसभा अर्थात् हिउँदे अधिवेशनबाट संशोधन गरिएको हो।

१६औँ नगरसभामा दायित्व सार्ने सहितका १२ ओटा प्रस्ताव पेश गरिएकोमा सभाले अनुमोदन गरेको सुचना अधिकारी नागेश्वर रायले चियोचर्चो दैनिकलाई जानकारी दिए । सभामा भवन निर्माण तथा अभिलेखीकरण कार्यविधि, शिक्षक दरबन्दी मिलान कार्यविधि, बजार व्यवस्थापन समिति गठनसम्बन्धी व्यवस्थाको कार्यविधि,सुरक्षित आप्रवास सामी कार्यक्रमको समुदायमुखी निर्देशिका तथा सहकारी संस्था ऐन संशोधनसम्बन्धी विधेयकहरू सभामा टेवल गरिएको थियो।

हरिपुर नगरपालिकाले चालु आर्थिक वर्षका लागि कुल खर्चतर्फ चालु खर्च ३२.४ प्रतिशत र पुँजीगत खर्च ६.५ प्रतिशत खर्च गरिएको नगरसभामा प्रमुख प्रशासकीय अधिकृत विनय पौडेलले प्रस्तुत गरेका छन । नगरपालिकाले पारित विधेयकहरू कार्यान्वयन छिटौ राजपत्रमा प्रकाशित गरेर कार्यान्वयन गर्ने जानएको छ।

याता लालबन्दीमा पनि १५ औँ नगर सभाबाट हिउँदे अधिवेशन सम्पन्न भएको छ । लालबन्दीमा नगर प्रमुख वासुदेव अधिकारी अध्यक्षतामा सम्पन्न हिउँदे अधिवेशनले विभिन्न महत्वपूर्ण विधेयक तथा प्रस्तावहरू पारित गरिएको छ।









