ईश्वरपुर,मंसिर–२३ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सर्लाहीले सर्लाही क्षेत्र नं. १ बाट दुई पटक निर्वाचित प्रदेशसभा सदस्य उपेन्द्र महतोको मन्त्री पदमा नियुक्ति गर्न पार्टी केन्द्रीय अध्यक्ष महन्थ ठाकुरलाई सिफारिस पत्र पठाएको छ ।


लोसपा सर्लाही जिल्ला अध्यक्ष रामप्रसाद राय यादवले मंगलवार पत्रमार्फत मधेश प्रदेशमा नयाँ सरकारमा मन्त्री बनाउन सिफारिस गरेका हुन्। हालै नेपाली कांग्रेसका कृष्णप्रसाद यादवको नेतृत्वमा मधेश प्रदेशमा नयाँ सरकार गठन भएको छ। वर्तमान सरकारमा सर्लाहीबाट नेपाली कांग्रेसका सांसद जंगीलाल रायले मन्त्री बन्ने अवसर पाएका छन्, ।


महतोलाई मन्त्री नबनाइएको भन्दै लोसपा कार्यकर्ताले सामाजीक सञ्जाल मार्फत आक्रोश प्रकट गरेका छन् उनीहरुले “कती अन्याय गर्छौ महन्थ ठाकुर” भन्दै प्रश्न गरेका छन्।

पार्टीका नौ प्रदेशसभा सांसदमध्ये आठ जनाले पटक–पटक विभिन्न मन्त्री तथा सरकारी पदमा नियुक्त भइसकेका तर उपेन्द्र महतो दुई पटक निर्वाचित भएपनि अहिलेसम्म कुनै पद पाएका छैनन्। यसलाई लिएर लोसपा सर्लाहीका नेताकार्यकर्ताबीच अशन्तुष्टी देखिएको छ।