बलरा, मंसिर २१ — सर्लाहीको बलरा नगरपालिकामा शाखा अधिकृत सुशीलकुमार साहले पुनः निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक अधिकारसहित साहलाई जिम्मेवारी दिइएपछि आइतवार नगरपालिकाको जिम्मेवारी सम्हालेका हुन ।
नगर प्रमुख रामाशंकरप्रसाद कुशवाहासहित जनप्रतिनिधिले फूलमाला, अबिर र खादा लगाएर साहलाई स्वागत गरे। नगरपालिकामा उपसचिवस्तरका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था भए पनि हाल पद रिक्त भएपछि साहलाई पुनः जिम्मेवारी दिइएको हो।
गत भदौमा मन्त्रालयले उपसचिव धर्मानन्द जोशीलाई बलरा पठाएको थियो। उनी अन्यत्र सरुवा भएपछि साहले फेरि नगर प्रशासनको नेतृत्व सम्हाल्न थालेका हुन ्।









