लालबन्दी, मंसिर ३ गते । बालाचतुर्दशीको अवसरमा पितृको सम्झना मंगलवार राति सर्लाहीका विभिन्न मठमन्दिर परिसरमा दीप प्रज्वलन गरिएको छ । प्रत्येक वर्षजस्तै यस वर्ष पनि यहाँका स्थानीयले जिल्लाका मन्दिरहरुमा रातभर जागा रही आफ्ना दिवङ्गत पितृको नाममा दीप प्रज्वलन गरेर बुधवार विहान शतबीज छरेका छन् ।


रातभर जाग्राम बसेर पितृको सम्झनामा यहाँका स्थानीयले बत्ती बालि अहिले बिहान शतबीज छरेरका लालबन्दीस्थित डुमडुमे मन्दिरका पुजारीले बताए । रातभर जाग्राम बसेका स्थानीयले भजन किर्तन गरेका थिए ।


त्यस्तै जिल्लाको बागमती नदीमा पनि बालाचतुर्दशीको अवसरमा दीप प्रज्वलन गरेर आज बिहान शतबीज छरी आ—आफ्ना घार फर्केकाछन्।” जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन, बागमती, बरहथवा लगायत स्थानमा बालाचतुर्दशीको अवसरमा मेला पनि लाग्ने गर्छ ।